महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ कछलाथ्व त्रयोदशी - १३

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले छठ महापर्व, २०८२ को शुभकामना को अवसरमा दिनुभएको शुभकामना सन्देश

छठ महापर्व, २०८२ को शुभकामना

प्रकृतिसँगको प्रगाढ प्रेम आस्थाको प्रतीक छठ महापर्व, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

चार दिनसम्म मनाइने यो महापर्व केवल धार्मिक अनुष्ठान मात्र नभई जैविक विविधता सामाजिक सद्भावको अनुपम संगम हो। यसमा नयाँ अन्न, फलफूल कन्दमूलको प्रयोगले प्रकृतिलाई धन्यवाद दिने मौलिक संस्कृति झल्किन्छ छठको प्रसाद तयार गर्न डोम, माली कुम्हाले समुदायका सामग्री प्रयोग गरिनुले यो पर्व जातिय सहिष्णुता सामूहिकताको बलियो आधार हो भन्ने सन्देश दिन्छ

अस्ताउँदो उदाउँदो सूर्यदेवको पूजाआराधना गर्नु यो पर्वको विशेषता हो सम्पूर्ण पृथ्वीलाई ऊर्जा जीवन प्रदान गर्ने सूर्य देवता तथा परिवारजनको सुदीर्घ स्वास्थ्य प्रदान गर्ने छठी मैयाको आराधनाले हामीलाई जीवनको स्रोतप्रति कृतज्ञ हुन सिकाउँदछ निर्जला व्रत बसी नदी, तलाउ जलाशयका पवित्र घाटहरूमा उभिएर अघ्र्य अर्पण गर्ने श्रद्धालुहरूको भक्तिभाव एवं आस्थाले मन, वचन कर्ममा पवित्रता शुद्धताको सञ्चार गर्दछ

नहायखाय, खरना, अस्ताउँदो सूर्यलाई अघ्र्य उदाउँदो सूर्यलाई अघ्र्य जस्ता धार्मिक अनुष्ठानका साथ मनाइने यो पर्व नयाँ पिँढीमा पुस्तान्तरण हुँदै जानु सकारात्मक यो पर्वले हामीलाई खराब आचरण, व्यवहार विचार त्याग्न प्रेरित गर्दछ

अन्त्यमा, छठ महापर्वले राष्ट्रिय एकता अखण्डताको सूत्रलाई बलियो थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव, प्रेम मेलमिलापको बन्धनमा बाँध्न सकोस् यो पर्वले मुलुकलाई समृद्धि समुन्नतिको बाटोमा अगाडि बढाउनका लागि सम्पूर्ण देशवासीलाई उच्च राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भन्ने कामनाका साथ पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

धन्यवाद !

२०८२ कात्तिक १० गते सोमबार

ने.सं. ११४६ कौलागा, षष्ठी