प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा पारु - १६

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले सहिद दिवस, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

सहिद दिवस, २०८२ को सन्देश

सहिद दिवस, २०८२ को पावन अवसरमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, नागरिक अधिकार, समानता, समावेशिता संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा संरक्षणका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्नुभएका सबै ज्ञातअज्ञात महान् सहिदहरूप्रति हार्दिक नमन, सम्मान गहिरो श्रद्धाञ्जली अर्पण गर्दछु

माघ १६ का दिन मुलुकभर आयोजना गरिने कार्यक्रमहरूले हामीलाई सहिदहरूको अदम्य साहस, बलिदान त्यागलाई सम्झाउने मात्र होइन, भविष्यतर्फ अघि बढ्न मार्गदर्शन गर्ने प्रेरणा पनि दिन्छन् उहाँहरूको योगदानले हामीलाई सामाजिक न्याय, समान अवसर, पहिचान सहअस्तित्वमा आधारित समृद्ध नेपाल निर्माणतर्फ निरन्तर प्रेरित गरेको

सहिद दिवस हाम्रा वीर सपूतहरूको स्मरण गर्ने दिन मात्र होइन, देशमा शान्ति, सुव्यवस्था समृद्धि कायम गर्ने संकल्प लिने दिन पनि हो यस अवसरमा हामी सबैले सहिदहरूले देखाउनुभएको बाटो अनुसरण गर्दै सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण समावेशी लोकतन्त्रलाई सुदृढ गर्ने दृढ प्रतिज्ञा लिनुपर्छ उहाँहरूको बलिदान अमूल्य , जुन ऋण तिर्न सकिँदैन, तर उहाँहरूको आदर्शलाई आत्मसात गर्दै समाजमा चेतना, जागरुकता एकताको भावना फैलाउन सकिन्छ

देशको शान्ति, विकास, सुशासन समृद्धि राष्ट्रिय एकताबाटै सम्भव हुन्छ त्यसैले सबै राजनीतिक दल, नागरिक समाज आम नेपाली जनताले सहिदहरूको सपना साकार पार्ने दृढ संकल्प पवित्र कर्मका साथ अघि बढ्नु आजको आवश्यकता हो

अन्त्यमा, सहिद दिवसका अवसरमा नेपालका सबै नागरिकलाई सहिदहरूको आदर्शलाई जीवनमा उतार्दै राष्ट्रिय एकतालाई अझ सबल बनाउने, लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्ने समृद्ध नेपाल निर्माणमा एकाकार भई योगदान गर्न आग्रह गर्दछु सहिदहरूको मार्गदर्शनमा हाम्रो राष्ट्र उज्ज्वल भविष्यतर्फ अघि बढोस् भन्ने हार्दिक कामना पनि गर्दछु

धन्यवाद !

२०८२ माघ १६ गते शुक्रबार

ने.सं. ११४५ सिल्लाथ्व, द्वादशी