महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलागा एकादशी - २६

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवद्वारा २०८२ भदौ २४ गते मंगलबार जारी अपिल/प्रेस विज्ञप्ती

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

शोकसन्तप्त परिवारजनहरु,

सामाजिक अभियन्ताहरु,

सर्वसाधारण नागरिकहरु,

मुलुकभर सोमबार भएकोजेनरेसन जेड’ (जेनजी) पुस्ताको प्रदर्शनका क्रममा नागरिकको ज्यान गएको दुःखद घटनाले अत्यन्तै मर्माहत, स्तब्ध चिन्तित छु

मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको दिवंगत आत्माको चिरशान्तिको कामना शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दछु यस कठिन घडीमा पीडित परिवारलाई धैर्य, साहस आत्मबल प्राप्त होस् भन्ने कामना गर्दछु प्रदर्शनका क्रममा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँहरुको निःशुल्क उपचारका लागि सरकार सम्बन्धित निकायलाई आग्रह गर्दछु

जनताको अभिव्यक्ति सहभागिताको अधिकार सुनिश्चित गरिने लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने हामी सबैका लागि नागरिकको दुःखद निधन अत्यन्त पीडादायक मर्मस्पर्शी घटना हो लोकतन्त्रमा नागरिकको अभिव्यक्ति, सहभागिता शान्तिपूर्ण प्रदर्शनको अधिकार सुनिश्चितता अत्यावश्यक यस्ता दुःखद घटनाहरुबाट पाठ सिक्दै अगामी दिनहरुमा यसको पुनरावृत्ति हुन नदिन हामी सबै थप संवेदनशील, उत्तरदायी, सचेत सहिष्णु बन्न जरुरी

शान्तिपूर्ण अभिव्यक्ति प्रदर्शन लोकतन्त्रको मेरुदण्ड हो देश समाजमा शान्ति, सद्भाव सहकार्यको वातावरण कायम राख्न हामी सबैको साझा जिम्मेवारी हो यस दिशामा सबै पक्षको सक्रिय, सकारात्मक जिम्मेवार भूमिका अपरिहार्य सम्पूर्ण नागरिकहरूलाई संयमता, सहकार्य, जिम्मेवारपूर्ण व्यवहार आपसी समझदारीको भावनाका साथ राष्ट्रको शान्ति, अमनचयन, स्थायित्व तथा समृद्धिको यात्रामा योगदान पुर्याउन आग्रह गर्दछु शान्ति मानवताको पक्षमा हामी सबै एकजुट रहौं

२४ भदौ २०८२, मंगलबार