महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ कछलाथ्व त्रयोदशी - १३

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले तिहार (शुभ दीपावली), २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

तिहार (शुभ दीपावली), २०८२ को शुभकामना सन्देश

आस्था उल्लासको पर्व तिहार (शुभ दीपावली), २०८२ को पावन अवसरमा  स्वदेश तथा विदेशमा  रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि सुस्वास्थ्यको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

प्रकाशको पर्व शुभ दीपावलीले अध्यारोमाथि उज्यालोको, अज्ञानतामाथि ज्ञानको असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश बोकेको फूल, रंगोली झिलीमिली बत्तीहरूले सजिएका हाम्रा घरआँगनहरूमा यस पर्वको तयारीसँगै मनभित्रको अन्धकारलाई हटाएर सद्भावको ज्योति फैलाउने अवसर प्राप्त होस्

काग, कुकुर, गाई, गोरुको पूजा, धनकी देवी लक्ष्मीको आराधना, देउसीभैलो अनि दाजुभाइदिदीबहिनी बीचको अटुट सम्बन्धको प्रतीक भाइटीका (भ्रातृद्वितिया) जस्ता विशिष्ट मौलिक परम्पराहरूले हाम्रो सामाजिक सांस्कृतिक परम्परालाई जीवन्त राखेका छन् समग्रमा पाँच दिनसम्म मनाइने यो पर्वको माध्यमबाट हामीलाई सामूहिकता एकताको भावनाले बाँधिएको एक सुदृढ समाज निर्माणको प्रेरणा प्राप्त हुन्छ

नेपालकोविविधतामा एकताको भावनालाई चरितार्थ गर्ने तिहार पर्वले विभिन्न क्षेत्र, वर्ग समुदायमाझ परस्पर विश्वास, सद्भाव भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्दछ यस पर्वको उज्यालोले हाम्रा मनका सम्पूर्ण रिस, राग, वैमनस्यता द्वेषलाई बिर्सिएर मेलमिलाप खुशीयालीको वातावरण सिर्जना गरोस्

अन्त्यमा, शुभ दीपावलीले हाम्रो मन, वचन कर्मप्रतिको पवित्र भावनाहरू आत्मसात गर्न सहयोग पुगोस्, सम्पूर्ण नेपालीहरू एकताबद्ध भई राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता राष्ट्रियतालाई मजबुत बनाउनका लागि यसले उत्प्रेरित गर्न सकोस् देशलाई समृद्धि समुन्नतिको मार्गमा डो¥याउन यो पर्वले सबैमा ऊर्जा प्रदान गरोस्, पुनः तिहार (शुभ दीपावली) को हार्दिक शुभकामना व्यक्त गर्दछु

धन्यवाद

 

२०८२ कात्तिक गते सोमबार

ने.सं.११४५ कौलागा, चतुर्दशी