महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलागा एकादशी - २६

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले कुमारी इन्द्रजात्रा र अनन्त चतुर्दशी (अनवत), २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

कुमारी इन्द्रजात्रा अनन्त चतुर्दशी (अनवत), २०८२ को शुभकामना सन्देश

कुमारी इन्द्रजात्रा अनन्त चतुर्दशी (अनवत) पर्व, २०८२ को पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

धार्मिक तथा सांस्कृतिक विविधतायुक्त  हाम्रो देश समाजमा मौलिक लोकपर्वहरू मध्ये कुमारी इन्द्रजात्रा एक विशिष्ट पर्व हो काठमाडौं उपत्यका वरपरका क्षेत्रमा विशेष रूपमा मनाइने यस पर्वमा वर्षा सहकालका देवता इन्द्र, जीवित देवी कुमारी, गणेश, भैरव, देवी लक्ष्मी तथा भगवान विष्णुको पूजाआर्चना गर्ने मौलिक परम्परा रही आएको जीवित कुमारीको पूजा तथा रथयात्रा, लिङ्गो ठड्याउने परम्परा, भैरव नाच, गणेश नाच लगायतका सांस्कृतिक प्रस्तुतिहरूले नेपाली सभ्यता परम्पराको मौलिक पहिचानलाई उजागर गर्दै राष्ट्रिय एकताको सन्देश फैलाउने कार्यमा योगदान पु¥याइरहेका छन्

कुमारी इन्द्रजात्राले नेपालको अनुपमजीवित देवीकुमारीलाई शक्ति पवित्रताको प्रतीक मानिन्छ इन्द्रजात्राका अवसरमा निकालिने उहाँको रथयात्राले समाजमा धार्मिक आस्था विश्वासलाई बलियो बनाउँदछ। इन्द्रजात्रा जस्ता परम्पराले नेपालीहरूलाई आफ्नो अनुपम संस्कृति पहिचानमा गर्व गर्ने मौका दिन्छ यसले हामीलाई हाम्रो सांस्कृतिक सम्पदाको महत्व सम्झाउँदै त्यसको संरक्षण गर्न प्रेरित गर्छ यो जात्रा नेपालको एक जीवन्त सांस्कृतिक धरोहर हो, जसले सामाजिक, सांस्कृतिक धार्मिक महत्वका साथै सकारात्मकता, एकता विश्वासको सन्देश दिँदै आएको यसले हामीलाई हाम्रो गौरवशाली इतिहास परम्परालाई सम्मान गर्न पनि सिकाउँदछ

 इन्द्रजात्राका अवसरमा कुमारीको रथयात्रा हेर्न उहाँको आशीर्वाद लिनका लागि नेवार समुदायका साथै अन्य समुदायका मानिसहरू पनि भेला हुन्छन्, जसले सामाजिक सद्भाव एकतालाई बढावा दिन्छ यो जात्राले पुरानो पुस्ताबाट नयाँ पुस्तामा परम्परा, रीतिरिवाज सांस्कृतिक ज्ञान हस्तान्तरण गर्न मद्दत गर्दछ यो जात्राले आन्तरिक बाह्य पर्यटनलाई पनि बढावा दिन्छ, जसले देशको अर्थतन्त्रलाई पनि सहयोग पु¥याउँछ

यसैगरी, विशेषतः तराईमधेशमा आजकै दिन अनन्त चतुर्दशी (अनवत) पर्व मनाउने परम्परा रही आएको यो पर्व देवी लक्ष्मी तथा भगवान विष्णुको पूजाआर्चना गर्दै मनाइने धार्मिक अनुष्ठान हो यस दिन श्रद्धालुहरूले भगवान विष्णुको अनन्त स्वरूपको प्रतीकस्वरूप १४ गाँठो भएको अनन्त सूत्र (डोरो) पाखुरामा बाँध्ने परम्परा सूत्रमा रहेका १४ वटा गाँठोले १४ लोक वा १४ ब्रह्माण्डको प्रतिनिधित्व गर्दछन् भन्ने धार्मिक विश्वास रही आएको छ। यो सूत्र बाँध्नाले भगवान विष्णुको कृपा प्राप्त हुने, सुख, समृद्धि शान्ति मिल्ने तथा जीवनका सबै संकटहरूबाट मुक्ति पाइने धार्मिक मान्यता यो पर्वले धर्ममा आस्था विश्वासलाई दृढ बनाउँछ यसले सामूहिक भावनालाई बलियो बनाउने प्रतीकात्मक सन्देश दिन्छ

अन्त्यमा, यी जात्रा पर्वहरू भूगोल, क्षेत्र, समुदाय तथा परम्परागत नाम अनुसार फरकफरक शैली नामले मनाइए पनि सबैको साझा उद्देश्य हाम्रो राष्ट्रियता, अखण्डता, पारस्परिक प्रेम, भ्रातृत्व, सौहार्द, सहयोग एकताको भावना विकास गर्नु हो यसले नेपाली समाजमा आध्यात्मिक चेतना, नैतिकता तथा राष्ट्रिय एकताको भावना सुदृढ गर्दै समृद्ध राष्ट्र निर्माणको मार्गमा सबैलाई प्रेरित गर्ने विश्वास लिएको छु यस पावन अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु

  धन्यवाद

  २०८२ भदौं २१ गते शनिबार  

  ने.सं. ११४५ ञलाथ्व, चतुर्दशी