महाशिवरात्री पर्व तथा सेना दिवस २०७८ को अवसरमा सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट दिनुभएको
शुभकामना सन्देश
हिन्दु धर्मावलम्बीहरुको पवित्र पर्व महाशिवरात्री २०७८ को पावन अवसरमा समस्त हिन्दु धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पावन पर्वको माध्यमबाट नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जानेमा विश्वस्त छु ।
आजै नेपाली सेना दिवस पनि हो । नेपाली सेना दिवस २०७८ को अवसरमा नेपाली सेनाका प्रधान सेनापतिसहित सकल दर्जामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपाली सेनाले आफूलाई सुदृढ, सशक्त र समय सापेक्षा आधुनीकीकरण गर्दै लैजानेमा विश्वस्त छु । यस कार्यमा सबै पक्षको साथ रहने अपेक्षा समेत लिएको छु ।
धन्यवाद !
१७ फागुन २०७८