सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट राष्ट्रिय विभूति, समाज सुधारक फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट राष्ट्रिय विभूति, समाज सुधारक फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसरमा दिनुभएको

शुभकामना सन्देश

राष्ट्रिय विभूति, समाज सुधारक फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसरमा सम्पूर्ण किराँत धर्मावलम्बी समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रगतिशील सामाजिक अभियान्ता फाल्गुनन्दले चाल्नुभएका कदम र दिनुभएका उपदेशहरु आजका दिनमा व्यवाहारिक हुँदै आएका छन् । छोरा समान छोरीलाई शिक्षा र अंश दिनुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनको वस्तु प्रयोग गर्नुपर्ने जस्ता धारणा ल्याएर समाज सुधारमा योगदान गर्नुभएका राष्ट्रिय विभूति फाल्गुनन्दले नेपाली समाज रुपान्तरणमा उच्च योगदान दिनुभएको छ । किराँत धर्मावलम्बीका प्रवर्तक मध्येका एक फाल्गुनन्दलाई आज संसारभर रहनुभएका किराँत समुदाय र आम नेपालीले सम्मानका साथ स्मरण गरिरहेका छन् ।

किराँत समुदायको भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गर्दै जनचेतना फैलाउनुभएका फाल्गुनन्दले देखाउनुभएका सत्मार्गमा लाग्दा देश र जनता सबैको अझै उत्थान हुने मैले विश्वास लिएको छु । 

फाल्गुनन्द जयन्तीको शुभकामना ।

धन्यवाद ।

२५ कात्तिक २०७८

Recent Activities

30 Apr.
2025

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ माघदेखि २०८१ चैत्रसम्म

Read More
31 Jan.
2025

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ कार्तिकदेखि २०८१ पुससम्म

Read More
24 Dec.
2024

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८१ श्रावणदेखि २०८१ असोजसम्म

Read More
09 Oct.
2024

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीकव अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा देहाय बमोजिमको समय तालिका अनुसार टीका-प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

Read More
04 Oct.
2024

सम्माननीय उपराष्ट्रपतिबाट पूजाआराधना तथा झण्डोत्तलन

Read More
02 Oct.
2024

प्रेस विज्ञप्ति

Read More